गोरखा समाचारदाता
काठमाण्डौं – नेकपाको स्थायी कमिटी बैठक आजको लागि पनि स्थगित गरिएको छ ।
आज बस्ने भनिएको बैठक बिना कुनै कारण फेरि स्थगित भएको हो ।
यता वर्षाले जनधनको क्षति भएको र त्यसलाई रोक्न पार्टी पंक्तिलाई उद्धार तथा राहतमा लाग्न निर्देशन दिएको भन्दै १ साताको लागि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिनको लागि स्थगित गरिएको नेकपाले जनाएको छ ।


