गोरखा समाचादाता
काठमाण्डौं – केही भारतिय न्यूज च्यानलहरुलाई नेपालमा केही समयको लागि प्रतिबन्ध लगाईएको छ ।
नेपाल र भारतबीच ऐतिहासिक संबन्ध बिर्गान उद्वत रहेको भन्दै त्यस्ता च्यानलहरुलाई नेपालमा प्रतिबन्ध लगाईएको हो ।
अति उत्ताउलो भारतीय सञ्चार माध्यमका कारण सुध्रिन थालेको दुई देशको सम्बन्धमा थप विवादित आउन सक्ने देखिए पछि त्यस्ता च्यानहरुलाई बन्द गरिदिएको छ ।
पत्रकारिता क्षेत्रमा विश्वमा नै झुठ बोल्ने देश मध्ये भारत अग्र स्थानमा पर्छ । पत्रकारीताको सिद्वात अनुसार वस्तुनिष्ठता, निस्पक्षता र विश्वसनीयता भन्ने कुराको सामान्य ख्याल पनि नगरी ती सञ्चार माध्यम (टेलिभिजन)ले दिनहँु नेपालको बिषमा अर्नगल प्रचार गर्न थाले पछि बन्द गरिएका हुन् । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको बताएको छ ।
कतिपय भारतीय सञ्चार माध्यमको प्रस्तुतीले सी ग्रेडका हिन्दी चलचित्र संग मिल्दो जुल्दो देखिन्छ । त्यस्ता खबरमा कुण्ठा, सत्य भन्दा भ्रम र खबरका लागि तैयार पारिएका स्क्रिप्ट कपोल कल्पित छन भन्ने कुरा टेलिभिजन हेर्ने सबैले चाल पाएका छन् ।
पछिल्लो समय नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय सञ्चार माध्याम छटपटाई रहेका छन । अतिरञ्जीत खबर प्रसारण गर्ने र प्रोपोगण्डा फैलाउने विश्वमा नै अन्य देशलाई भारतले उछिनेको कुरा स्वयं भारतका विज्ञहरुको भन्छन् । पछिल्लो समय बुद्धिजीविहरु पनि भारतीय सञ्चार माध्यमहरु पत्रकारिताको धर्मबाट च्युत हँदै गएको टिप्पणी गरेका छन् । कतिपय बुद्धिजीविले त ट्वीट गरेरै भारतीय सञ्चार माध्यमलाई विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएका छन् ।




















