गोरखा समाचारदाता
काठमाण्डौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक चौथो पटक पुनः स्थगित भएको छ ।
पार्टीभित्रको विवादका विषयमा शीर्ष नेताबीच सहमति जुट्न नसकेपछि आज (बुधकार)का लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।
मंगलबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज बैठक राख्ने सहमति भए पछि स्थायी कमिटीको बैठक बोलाईएको थियो ।




















