गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै अब नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले उत्त जानकारी दिएको हो ।




















