गोरखा समाचारदाता
पाल्पा – पाल्पामा कोरोनामुक्त भएर घर फर्किएका १ युवकले आत्महत्या गरेका छन ।
जिल्लाको रम्भा गाउँपालिका ४ हुमिनका २० वर्षीय युवकले गएराति आत्महत्या गरेका छन् ।
लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा १५ दिन बसेर घर फर्केका उनले आफ्नै घरमा आत्महत्या गरेका हुन् ।
एक महिनाअघि भारतको मुम्बईबाट घर फर्केपछि उनी २८ दिनसम्म गाँउको विद्यालयको क्वारेन्टिनमा बसेका थिए । सोही क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनी १५ दिन अस्पतालको आइसोलेसनमा बसेका थिए ।




















