गोरखा समाचारदाता
काठमाण्डौं – पाटन अस्पतालमा उपचारको क्रममा हिजो बेलुका ज्यान गएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपचारको क्रममा मृत्यु भएका ब्यक्ति गोरखा जिल्ला भीमसेन गाउँपालिका २ तान्द्राङका युवकमा आज कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ ।
आत्महत्या प्रयास गर्दा उनलाई डोरी काटेर बचाइएको थियो । घटना लगत्तै पाटन अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा हिजो ज्यान गएको थियो ।
मृतक युवा मानसिक विरामी रहेको समेत पुष्टी भएको छ ।


