गोरखा समाचारदाता
गोरखा – रोटरी क्लब अफ गोरखाले गोरखा क्याम्पसको आइसोलेसनमा रहेका बिरामीहरुका लागि पिउनेपानी हस्तान्तरण गरेको छ ।
शुद्व पिाउने पानीको अभाव भएको भन्दै क्लवले यस अघि पनि ५० कार्टुन पिउने पानी हस्तान्रतण गरिसकेको थियो । क्लबले आज (मंगलबार) पनि थप २०० कार्टुन पिउने पानी हस्तान्रतण गरेको हो ।
जिल्ला समन्वय समिति गोरखाका प्रमुख असोक कुमार गुरुङ मार्फत आइसोलेसनका लागि २ सय काटुर्न खानेपानी हस्तान्तरण गरेको क्लबले जनाएको छ ।


