गोरखा समाचारदाता
काठमाण्डौं – चीनमा राष्ट्रपती सी चिनफिङको बिरोध गरेको भन्दै १ जना प्रोफेसरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरसलाई लिएर राष्ट्रपति सीको आलोचना गरेको भन्दै प्रोफेसर शू झान ग्रुनलाई चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरेको हो ।
प्रोफेसर ग्रुनका साथीहरुका अनुसार राजधानी बेइजिङस्थित घरबाट सोमबार बिहान केही सुरक्षाकर्मीहरु आएर उनको कम्प्युटर र केही दस्तावेज समेत उनलाई नियनत्रणमा लिएको हो ।
उनले केही अघि कोरोना महामारीमा सरकारको कामकारवाहीको आलोचना गर्दै एक लेख लेखेका थिए । त्यस लगत्तै उनलाई घरमै नजरबन्दमा राखिएको थियो ।
प्रोफेसर ग्रुनले केही पहिला एउटै व्यक्ति कति पटकसम्म राष्ट्रपति बन्नसक्छ भनेर समेत प्रश्न उठाएका थिए । उनले त्यसलगत्तै सिन्ह्वा विश्वविद्यालयमा पढाउन रोक लगाइएको थियो ।


