गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल प्रहरीमा नयाँ प्रहरी महानिरिक्षको छनोटका विषय लिएर मन्त्रीपरिषदको बैठक आज बस्दैछ ।
दिउसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले नेपाल प्रहरीका नयाँ महानिरीक्षक छनोट गर्ने अनुमान गरिएको छ ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । नयाँ महानिरीक्षककोे प्रतिस्पर्धामा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् ।
२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका क्षेत्री र पाललाई सरकारले गत फागुन १५ गते प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरिसकेको छ ।
हाल क्षेत्री प्रहरीको मानवस्रोत तथा प्रशासन विभाग र पाल कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख हुन् ।


