गोरखा समाचारदाता
गोरखा – नेपाल तरुण दल गोरखा शाखाले समितिमा ३ जनालाई मनोनयन गरेको छ ।
दलको गोरखा बजारमा बसेको बैठकले १ उपाध्यक्ष र २ सदस्य मनोनयन गरेको हो ।
कार्यबाहक अध्यक्ष आनन्द गुरुङ्गको अध्यक्षतामा भएको बैठकले उपाध्यक्षमा गोरखा नगरपालिका १२ का मनोज देवकोटालाई मनोनयन गरेको छ भने सदस्यहरुमा गो.न.पा.१२ कै सुरेन्द्र कुमाल र बिनोद पन्थलाई मनोनयन गरेको तरुण दल गोरखाले जनाएको छ ।
बैठकमा तरुण दल विभागका प्रमुख ध्रुव पन्थको पनि उपस्थिती रहेको अध्यक्ष गुरुङ्गले बताए ।


