गोरखा समाचारदाता
गोरखा – बारपाक सुलिकोट गाउँपालिकाका १०० जनाको पिसिआर नेगेटिभ आएको छ ।
केही दिन अगाडी गाउँपालिकाको स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएसंगै उनको सम्र्पकमा आएका १०० जनाको पिसिआर परिक्षण आज नेगेटिभ आएको हो ।
असार १७ गते पालिकाको स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भए लगत्तै कन्ट्रयाक ट्रेसिङको आधारमा १०० जनाको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाईएकोमा आज (सोमबार) सबैको रिर्पोट नेगेटिभ आएको पालिकाले आज जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि गएको बुधबार देखी गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्ट, उपाध्यक्ष सनमायाँ गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, सबै वडाका अध्यक्ष एवं वडासदस्यहरु लगायत १०० जनाको स्वाब पोखरा पठाईकोमा सबैको नेगेटिभ आएको पालिकाले जनाएको छ ।
५ दिन सम्म पनि रिर्पोट नआदा पालिकाको सबै काम ठप्प प्राय भएको थियो । अब पालिकाको सबै काम भोलीबाटै सुचारु गरिने समेत विज्ञप्तीमा भनिएको छ ।



