गोरखा समाचारदाता
काठमाण्डौं – मास्क नलगाई घर बाहिर निस्कनेलाई १०० रुपैयाँ जरिवाना तिराईने भएको छ ।
गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गरि १०० रुपैयाँ जरिवाना गर्न भनेको हो ।
गृहले आज प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिदै अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने निर्देशन दिएको हो ।
कोरोना संक्रमणको खतरा अझै रही रहेको भन्दै लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको भन्दै जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने गृहले प्रहरीलाई दिएको निर्देशनमा उल्लेख गरिएको छ ।


