गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल वायुसेवा निगमका ३ जना पाइलट र कर्मचारी गरी १४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये ३ जना पाइलट र ११ जना क्याविन क्रुका कर्मचारीहरु भएको पुष्टि भएको हो ।
संक्रमित सबै जना होटल क्वारिन्टीनमा बसेकाहरु भएको नेपाल वायुसेवा निगमले जनाएको छ ।
संक्रमित सबै विदेशमा रहेका नेपालीलाई नेपाल ल्याउने अभियानमा खटिएका उडान कर्मचारीमाहरु हुन् ।


