गोरखा समाचारदाता
कञ्चनपुर – कञ्चनपुरको पुनर्वासमा सनिबार राती बञ्चरो प्रहार गरी छिमेकीको हत्या गर्नेलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
पुनर्वास नगरपालिका वडा नम्बर ५ भानुबस्तीमा ४७ वर्षीय गोपाल कुँवरको हत्या गरेर फरार ४१ वर्षीय गौरव बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
पुनर्वास नगरपालिका वडा नम्बर ५ मा लुकेर बसेको अवस्थामा उनी पक्राउ परेका हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


