गोरखा समाचारदाता
काठमाण्डौं – नेकपा स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगित गरिएको छ ।
दुई अध्यक्षबीच सहमति प्रयासका लागि भन्दै आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।
यसअघि पटक पटक स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । सहमति हुन नसकेपछि आजको बैठक स्थगित गरिएको हो ।
अब स्थायी कमिटीको बैठक यही असार २४ गते बस्ने गरि आजको बैठक स्थगित गरिएको छ । यसबीच दुई अध्यक्ष बिचमा सहमतिको प्रयास जारी रहने एक नेकपा नेताले बताए ।
स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक कलह चुलिएको छ ।
सोमबार बिहानै नेकपाका अध्यक्ष द्वय प्रचण्ड र ओली बिच बालुवाटारमा छलफल भएको थियो ।
नेकपा भित्रै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाव बढे संगै नेकपा फुटको संघारमा पुगेको चर्चा चल्न थालेको छ ।




















