एजेन्सी – स्पेनमा पुनः कोरोना भाइरस संक्रमण बढन थालेको छ ।
केही दिनदेखि स्पेशनको केही क्षेत्रमा संक्रमण बढ्दो क्रममा देखिएको हो ।
संक्रमण बढे संगै उत्तर–पश्चिमी क्षेत्र गालिसियामा पुनः लकडाउन कडा पारिएको छ ।
आइतबार मध्य रातिदेखि शुक्रबारसम्म लागु हुने गरी गालिसियाको तटीय क्षेत्र मासिनामा कामका लागि जाने वा आउनेलाई मात्रै प्रवेश र बाहिरिने अनुमति दिइने गरि लकडाउनलाई कडा पारिएको छ । सो क्षेत्रमा ७० हजार मानिसको बसोबास छ ।
अहिले गालिसिया क्षेत्रमा २५८ जना कोरोना संक्रमित छन् ।
स्पेनमा हालसम्म २ लाख ९७ हजार ६०० भन्दा बढी कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये २८ हजार ३८५ जनाको ज्यान गईसकेको छ ।




















