गोरखा समाचारदाता
काठमाण्डौं – नेपालको छिमेकी देश भारत कोरोना संक्रमित देशमध्ये विश्वमा तेस्रो स्थानमा आएको छ ।
नोबल कोरोना भाइरस (कोभिड–१९)बाट अमेरिका र ब्राजिल भारत भन्दा अगाडी देखिएको हो ।
तेस्रो स्थानमा रहेको रुसलाई उछिन्दै भारत तेस्रो स्थानमा पुगेको हो । भारतमा आज (सोमबार) बिहान सम्म ६ लाख ९७ हजार ८०० भन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ ।
विश्वमा नै सबै भन्दा अगाडी रहेको अमेरिकामा २९ लाख ८२ हजार ९०० भन्दा बढी र ब्राजिलमा १६ लाख ४ हजार ५०० भन्दा बढी कोरोना सङ्क्रमितहरु रहेका छन् ।
चौथो स्थानमा रहेको रुसमा ६ लाख ८१ हजार २००, पेरुमा ३ लाख २ हजार ७०० र स्पेशनमा २ लाख ९७ हजार ६०० भन्दा बढी संक्रमितहरु रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।




















