गोरखा समाचारदाता
गोरखा – गोरखामा ३ बर्षे बालकले कोरोना जितेर घर फर्किएको छ ।
जिल्लाको भीमसेन थापा गाउँपालिकाका ३ बर्षे बालकले कोरोना जितेर घर फर्किएको गोरखा अस्पतालले पुष्टी गरेको हो ।
गोरखा अस्पतालले आइतबार राती विज्ञप्ती जारी गर्दै ३ बर्षे बालकले कोरोना जितेर घर फर्किएको जनाएको हो । बालकको आफन्तमा कोरोना लागे पछि कन्टयाक ट्रेसिङको आधारमा पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण देखिए पछि गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।
बालकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराको प्रयोगशालामा गरिएको पिसिआर परिक्षण नेगेटिभ आएको र १४ दिन आइसोलेशनमा रोखेर उपचार गराए पछि आज डिस्चार्ज गरेको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए ।
यो संगै गोरखा अस्पतालबाट कोरोना जितेर घर जानेको संख्या २८ पुगेको छ । त्यस्तै गरी गोरखा सदरमुकाममा रहेको अर्को गोरखा क्याम्पसको आइसोलेशनबाट ३ जना डिस्चार्ज भएका छन् ।
गोरखामा कोरोना संक्रमणका कारण १ जनाको ज्यान गई सकेको छ ।



