गोरखा समाचारदाता
गोरखा – जिल्लामा राष्ट्रिय कार्यक्रम अन्र्तगत भोली र पर्सी बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाइने भएको छ ।
बैशाख ५ र ६ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम कोरोनाका कारण स्थगित भए पछि बाँकी गाउँपालिकाहरुमा असार २२ र २३ गते खुवाउने कार्यक्रम तय गरीएको हो ।
स्वास्थ्य कार्यालय गोरखाका अनुसार असार २२ र २३ गते बाँकी स्थानिय पालिकाहरुमा भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको छ । जिल्लामा दादुरा रुवेला खोप कार्यक्रम सञ्चालन गर्दा केही स्थानीय तहहरुमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम सम्पन्न भईसकेको भएपनि बाँकी रहेका स्थानीय तहहरुमा भने भोली र पर्सी खुवाउने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार शहिद लखन, गण्डकी, आरुघाट, चुमनुव्री, धार्चे गाउँपालिका र गोरखा नगरपालिका भने कार्यक्रम सम्पन्न भईसकेको छ ।
अब भीमसेन थापा गाउँपालिका, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन हुने छ ।
गोरखा जिल्लामा यस पटक जिल्ला भर ६ महिनादेखि ५ बर्षसम्मका २२ हजार १२२ जना बालबालिकालाई भिटामिन ए र १९ हजार ३२७ जना ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधी खवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । ्
कार्यक्रम सञ्चालन गर्न बाँकी रहेका सवै खोपकेन्द्रमा भिटामिन ए र जुकाको औषधी पु¥याई सकिएको कार्यालयले जनाएको छ ।


