गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड१९)बाट नेपालमा आइतरबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा २९३ जनामा कोरोना संक्रमण देखिएको बताए ।





















