गोरखा समाचारदाता
बागलुङ – बागलुङको क्वारिन्टीनमा आज बिहान ज्यान गुमाएका ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय युवकको ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुङ्गा स्थित छोरेगाउँ माविको क्वारिन्टीनमा आज (आइतरबार) बिहान ज्यान गएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा मृतकको कोरोनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
लामो समयदेखि भारतमा बस्दै आएका मृत्तक विभिन्न रोगबाट ग्रसित रहेका थिए ।


