गोरखा समाचारदाता
गोरखा – गोरखामा आइतबार थप १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा नगरपालिका ७ का ५३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित गोरखामा संक्रमितको संख्या ९४ पुगेको छ ।
संक्रमित ब्यक्ति केही दिन अगाडी भारतबाट फर्किएर गोरखा नगरपालिकाको कुवाडीडाडाँमा हरेको मनकामना बहिरा आवासिय विद्यालयमा क्वारिन्टीनमा बस्दै आएका पुरुष भएको गोरखा नगरपालिकाका स्वास्थ्य प्रमुख ईश्वर रेग्मीले बताए ।
संक्रमित पुरुषलाई आइसोलेशनमा लाने तयारी भई रहेको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।





















