गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले १४ औं महाधिवेशनको परिमार्जित कार्यतालिकालाई अन्तिम रुप दिन बैठक बोलाएको हो ।
बैठक दिउँसो २ बजेपछि ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने छ ।
बैठकमा सरकारले एकलौटी रुपमा गरेको संसद अधिवेशन अन्त्य, पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका गतिविधि, कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार लगायत बिषयमा सरकारले गरिरहेको कामको पनि समिक्षा गर्ने काँग्रेसका एक नेताले बताए ।
कांग्रेस पदाधिकारी बैठकले तोकिएकै मितिमा महाधिवेशन गर्ने तथा विभिन्न तहको अधिवेशन सम्बन्धी कार्यतालिका र कार्यविधि परिमार्जनसहित नयाँ प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने सहमति गरिसकेको छ ।
कांग्रेसले १४ औं महाधिवेशन फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय यसअघि नै भइसकेको छ ।


