गोरखा समाचारदाता
गोरखा – पालुङटार नगरपालिकाको २ वटा वडालाई १ सातको लागि सिल गरिएको छ ।
नोबल कोरोना भाइरस (कोभिड–१९)बाट १ जनाको ज्यान गएको र केही मानिसमा संक्रमण देखिए पछि असार २० गतेबाट २६ गते सम्म सिल गरिएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै ‘नगरपालिकाको वडा नं.७ जीवन ज्योती मावि क्वारेन्टाईनमा बसेका केही ब्यक्तिमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टीभई सामान्य अवस्थामा आइसोलेशनमा राखेर उपचार भईरहेको र वडा भित्र हुन सक्ने थप संक्रमणको जोखिमलाई न्यूनिकरण’ गर्न भन्दै ‘२०७७/०३/२० गते देखी २०७७/०३/२६ गते सम्म यस नगरपालिकाको वडा नं.७ र ८ लाई शिल गरिएको’ भनिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले हिजो जारी गरेको सूचनामा पालुङटारमा १ महिला सहित ३ जना पुरुषमा कोरोना संक्रमण रहेको पुष्टी गरेको थियो । पुष्टी भएका मध्ये ४४ बर्षिय पुरुषको गोरखा अस्पतालको आइसोलेशनमा उपचारको क्रममा सनिबार बिहान निधन भएको थियो ।
शिल गरिएको भनिएको साविक च्याङली र धुवाकोट गाविसको क्षेत्रहरु हुन् ।





















