गोरखा समाचारदाता
बागलुङ – बागलुङको एक क्वारिन्टीनमा बसेका युवकको ज्यान गएको छ ।
जिल्लाको ढोरपाटन नगरपालिका ४ को क्वारेन्टिनमा रहेका निसीखोला गाउँपालिका २ देविस्थानका २९ बर्षका युवकको ज्यान गएको हो ।
गएराति उनको ज्यान गएको बागलुङ प्रहरी कार्यलय जानकारी दिएको छ । लकडाउन अघि नै फोक्सो सम्बन्धी समस्याको उपचारका लागि भारत गएका उनी उपचार सम्भव नभएर घर फर्केपछि उनलाई क्वारिन्टीनमा राखिएको थियो ।
क्वारिन्टीनमा रहदा उनको अबस्था नाजुक भएपछि घर पठाइएको थियो । घर गएका उनलाई पुन वडा कार्यालयले क्वारिन्टीनमा राखेको थियो ।
मृक्तक ब्यक्तिको पिसिआर रिपोर्ट आउन बाँकी छ । परिवारका अन्य ३ जनाको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।


