गोरखा समाचारदाता
गोरखा – गोरखाको भीमसेन थापा गाउँपालिकाको बोर्लाङमा एक सातामा २ महिलाले झुण्डीएर आत्मा हत्या गरेकी छिन् ।
पछिल्लो पटक हिजो (सनिबार) मात्रै भीमसेन थापा गाउँपालिका ७ को बोर्लाङमा रहेको चाहपानीकी २७ बर्षिय अन्जु रोकाले झुण्डीएर आत्मा हत्या गरेकी हुन् ।
घरबाट ४५ मिनेटको दुरीमा रहेको सिमलटारको कुमाल पधेरो भन्ने स्थानमा रहेको रुखमा झुण्डिएर आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
बिहान घरमा सामान्य विवाद हुदा अन्जु घरबाट निस्किए हिडेकी मृतका श्रीमान सेते रोकाले बताए । बिहान कुवाँमा पानी भर्न गएकी एक बालिकाले रुखमा झुण्डिएको अवस्थामा देखेपछि स्थानियलाई खबर गरेकी थिईन् ।
घटनाका बिषयमा प्रहरी अनुसन्धान सुरु गरेको छ । यस अघि पनि सोही स्थानकी एक महिलाले आफ्नै घरको दलिनमा पासो लगाएर आत्माहत्या गरेकी थिईन ।
जिल्लामा आत्माहत्या दर उच्च हुदा पनि सरोकारवालाहरुले कुनै पनि जनचेतनाका कार्यक्रमहरु गरेको पाईदैन ।


