गोरखा समाचारदाता
कञ्चनपुर – कञ्चनपुरको पुनर्वासमा छिमेकीलाई बञ्चरो प्रहार गरी हत्या गरेर आरोपी फरार भएका छन् ।
पुनर्वास नगरपालिका ५ का ४० वर्षीय गोरख बहादुर खड्काले छिमेकी ४७ वर्षीय गोपाल कुँवरको गएराति सामान्य विवादमा बञ्चरो प्रहार गरि हत्या गरेका हुन् ।
सामन्य विवादमा उनीमाथि बञ्चरो प्रहार गरेर हत्या गरी खड्का फरार भएको प्रहरीले जनाएको छ । फरार खड्काको खोजीका लागि ठुलो संख्या प्रहरी परिचालन गरिएको छ ।




















