गोरखा समाचारदाता
पोखरा – गण्डकी प्रदेशको २ जिल्लामा ३ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
तनहुँ र बागलुङमा गरी आज (आइतबार) ३ जनामा संक्रमण देखिएको पुष्टी भएको हो । यो सहित अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९१ जना पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान एक विज्ञप्ती जारी गर्दै तनहुँमा २ जना र बागलुङमा १ जना गरी ३ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबत्ता डा.विनोद बिन्दु शर्माका अनुसार ब्यास नगरपालिकाका ६ बर्षिय पुरुष र शुक्लागण्डकी नगरपालिकाका २८ बर्षिय पुरुषमा कोरोना देखिएको छ । त्यस्तै गरी बागलुङको काठेखोला गाउँपालिकाका २४ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमित सबैको प्रदेश क्षयरोग केन्द्र पोखरामा पिसिआर परिक्षण गरिएको थियो ।
संक्रमित सबैलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेशनमा लैजाने तयारी भई रहेको छ ।



