गोरखा समाचारदाता
काठमाण्डौं – काठमाण्डौं उपत्यकाको ढलमा कोरोना भाइरस भेटिएको छ ।
सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपाल ‘सीएमडीएन’ले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको पुष्टी भएको हो ।
बिहीबार उपत्यकाका भिन्न ४ स्थानबाट संकलन गरीएको ढलको पानीमध्ये २ स्थानको पानीमा कोरोना भाइरस देखिएको सीएमडीएनले जनाएको छ ।
ढलमा कोरोना भाइरस देखिनु समुदायमा कोरोना संक्रमित मान्छेहरु छन् भन्ने प्रमाण भएको सिएमडिएनका जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षितले बताए ।
अनुसन्धानले समुदायमा परीक्षणको आवश्यकता औल्याएको विज्ञहरुले बताएका छन । अनुसन्धानको पुर्ण विवरण चाँडै सार्वजनिक गरिने संस्थाले जनाएको छ ।


