गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा थप २३२ जनामा संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपाल आज मात्रै २ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।


