गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।
गएको पछिल्लो २४ घण्टामा नेपालमा थप २ जना कोरोनाका कारण ज्इान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिदै मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमका अनुसार गोरखाका ४४ वर्षीय पुरुष र रुपन्देहीका ७५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
गोरखामा ज्यान गुमाउने पुरुष असार १७ गते कतारबाट आएर पालिकाको क्वारिन्टीनमा बस्दै आएका थिए । रुघा, खोकी लागेको उनको १८ गते स्वाब संकलन गरि पिसिआर परिक्षण गर्दा १९ गते दिउसो कोरोना संक्रमण देखिएको थियो ।
मधुमेह रोगले थलिएका ति पुरुषलाई शुक्रबार राती ९ः५५ बजे गोरखा अस्पतालका आइसोलेशन कक्षमा भर्ना गरिएको थियो । उनको आज (सनिबार) बिहान ५ः०५ बजे ज्यान गएको थियो ।


