गोरखा समाचारदाता
गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट गोरखा जिल्ला पहिलो पटक एकै दिनमा १० जना कोरोना संक्रमित फेला परे ।
छिमेकी जिल्लामा कोरोना संक्रमण देखिरहदा गोरखामा नदेखिदा धेरैले धक फुकाएरै गफदिने र घरबाहिर हिड्न थाले । तर जब जेष्ठ २५ गते एकै दिनमा जिल्लामा १० जना कोरोना संक्रमित फेला परेको समाचार एकाएक मिडियाँमा आयो सबैको सातो नै गयो ।
त्यस पछिका दिनमा सामान्य पनि २÷३ दिन बिराएर संक्रमित फेला पर्नथाले पछि भने जिल्ला असुरक्षित बन्दै गएको सबैले समिक्षा गर्न थाले । आज (सनिबार) सम्म यो संख्या १०० को हाराहारीमा पुगि सकेको छ ।
संक्रमण मात्र पनि होइन संक्रमण भएको ब्यक्तिकै ज्यान गएको आज गोरखा बजार सुनसान भएको छ । सवारीमा एक्कासी कमी आएको छ ।
त्यसो त आजै मात्र पनि थप ४ जनामा संक्रमण देखिएको छ । अब हामीलाई कुन पालिकामा कति संक्रमित छ भन्ने सम्म पनि ह्याक्का रहन छाडी सक्यो ।
आउनुहोस् जानी राखौं कुन पालिकामा कति संक्रमित छन् त ? हेरौं





















