गोरखा समाचारदाता
गोरखा – नोवल कोरोना भाइरस (कोभिड–१९)बाट सनिबार गोरखामा थप ४ जना संक्रमित भएका छन् ।
जिल्लाको पालुङटार र शहिद लखन गाउँपालिकामा गरी थप ४ जनामा कोरोना पुष्टी भएको हो । यो सहित गोरखा जिल्लामा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ११ः४० बजे एक विज्ञप्ती जारी गर्दै गोरखा जिल्लाको २ पालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ । विज्ञप्तीमा शहिदलखन गाउँपालिकामा ३५ बर्षका पुरुष र पालुङटार नगरपालिकामा २० बर्षिया १ महिला र २३ र ४६ बर्षिय २ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित सबैलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेशन कक्षमा ल्याउने तयारी भई रहेको छ ।
कोरोनाकै कारण जिल्लामा १ ब्यक्तिको ज्यान गई सकेको छ ।



