गोरखा समाचारदाता
गोरखा – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण गोरखा अस्पताल ज्यान गुमाएका ब्यक्तिलाई हिजो (शुक्रबार) मात्र कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।
पालुङटार नगरपालिकाको च्याङलीमा रहेको जिवनज्योती माविको क्वारिन्टीनमा बसेका उनमा रुघाखोकी देखिन थाले पछि स्वाब संकलन गरी पिसिआर परिक्षण गर्दा शुक्रबार मात्र उनको कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।
कोरोना संक्रमण पुष्टी भए लगत्तै राती ९ः५५ बजे गोरखा अस्पतालको आइसोलेशन कक्षमा ल्याएर उपचार गरिएको उनको सनिबार बिहान ५ः०५ बजे ज्यान गएको थियो । ‘संक्रमितलाई ल्याउना साथ औषधी चलाईएको हो । दिर्घरोग भएका कारण उनको आज बिहान निधन भयो’ गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए ।
संक्रमित ब्यक्ति मघुमेहका रोगी थिए । उनलाई एम्बुलेन्सबाट झार्ने बित्तिकै अक्सिजन दिएर आइसोलेशन कक्षमा लगिएको र आवश्यक औषधी चलाईएको थियो । मृक्तक ब्यक्तिको शब अहिले गोरखा अस्पतालमा नै राखिएको छ ।
उनी केही साता अगाडी मात्र कतारबाट नेपाल प्रवेश गरेका थिए ।


