गोरखा समाचारदाता
गोरखा – गोरखामा कोरोना संक्रमित ब्यक्तिको ज्यान गएको छ ।
जिल्लाको पालुङटार नगरपालिका ७ निवासी ४४ बर्षिय ब्यक्तिको ज्यान गएको हो । कोरोनाका कारण जिल्लामा ज्यान गुमाउने संख्या १ पुगेको छ ।
यो सहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । गोरखामा भने यो नै पहिलो हो ।
गोरखा अस्पतालले आज (सनिबार)बिहान बिज्ञप्ती जारी गर्दै पालुङटार नगरपालिका ७ का ४४ बर्षिय पुरुषको ज्यान गएको पुष्टी गरेको हो । शुक्रबार राती ९ः५५ बजे गोरखा अस्पतालको आइसोलेशनमा राखेर उपचार गराईएका ति ब्यक्तिको सनिबार बिहान ५ बजेर ५ मिनेट जादा ज्यान गएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए ।
ज्यान गुमाउने ब्यक्ति दिर्घरोगी भएको अस्पतालले जनाएको छ ।



