गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा एकैदिनमा ७४० जना संक्रमित भएका छन् । संक्रमितहरुको संख्यो यो अहिले सम्मकै उच्च हो ।
देशको विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा आज (शुक्रबार) थप ७४० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले कोरोना भाइरसले अहिले सम्मकै सबै भन्दा बढी मानिस संक्रमित भएको बताए ।
पत्रकार सम्मेलनमा प्रबत्ता डा.गौतमले कोरोना संक्रमणका कारण थप १ जनाको ज्यान गएको समेत जानकारी गराए । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।





















