गोरखा समाचारदाता
गोरखा – स्व. गिरिजाप्रसाद कोइरालाको ९७ औं जन्मजयन्तिको अवशरमा गोरखामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल बिद्यार्थी संघको आयोजनामा पालुङटारमा बृक्षारोपण गरिएको हो ।
नेपाली राजनितिका शिखर पुरूष, ०६२÷०६३ सालको सॅयुक्त जन आन्दोलन का सर्बोच्च कमाण्डर एवं नेपाली काङ्ग्रेसका पुर्व सभापति तथा पुर्व प्रधानमन्त्रि स्व.गिरिजा प्रसाद कोईरालाको ९७औ जन्मजयन्ति को अवशरमा नेपाल विद्यार्थी संघ गोरखाको आयोजनामा पालुङटारमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको अध्यक्ष सुबास अधिकारीले बताए ।
पालुङटारमा गरिएको बृक्षारोपणमा विभिन्न प्रजातीको रुख बिरुवाहरु रोपिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
कार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख दिपकबाबु कडेल, ने बि संघ जिल्ला अध्यक्ष सुबास अधिकारी, नेपाली काग्रेस पालुङटार नगर सचिब बिमल ढकाल, नेबि सघ जिल्ला सचिब मिलन सिह बस्नेत लगाएत्त को उपस्थिति रहेको थियो ।



