गोरखा समाचारदाता
गुल्मी – गुल्मीमा गए राती पहिरो जादा २ जनाको ज्यान गएको छ भने १ जना अझै बेपत्ता छन् ।
जिल्लाको इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा राति १२ बजे तिर बस्ती माथिबाट आएको पहिरोले डेढ बर्षका सुरज सारु र ७ वर्षीया अपेक्ष खत्रीको ज्यान गएको हो
जिल्ला प्रहरी कार्यालय गुल्मीले दिएको जानकारी अनुसार बालिकाकी आमा इश्वरा खत्रीलाई भने ६ घण्टापछि स्थानीयले जिवितै उद्धार गरेको छ । पहिरो आएको थाहा पाएर भाग्ने क्रममा बालिकाको ज्यान गएको थियो ।
पहिरोले मुसिकोट नगरपालिका २ का भागिरथ घिमिरे हराई रहेको छ । उनी होटलमा बास बसेका ब्यक्ति हुन्।


