एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ प्लेग’को संज्ञा दिएका छन् ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले यस्तो संज्ञा दिएका हुन् ।
उनले फैलन नहुने भाइरसलाई चीनले विश्वभर फैलिन दिएको गम्भीर आरोप समेत लगाए ।
चीनसँगको नयाँ ब्यापार सम्झौताको मसी सुक्न नपाउदै कोरोना भाइरसले प्रभाव देखाएको ट्रम्पले उल्लेख गरे । यसअघि ट्रम्पले कोरोना भाइरसलाई चिनिया भाइरस नामाकरण गरेपछि चीनले आपत्ति जनाएको थियो ।
गत डिसेम्बरमा चीनको वुहान शहरमा पहिलो पटक कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएका थिए । अमेरिकाले भाइरस फैलिनुमा चीन दोषी रहेको बताउँदै आएको छ ।


