गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल वायुसेवा निगमको एयरबस ग्राउन्डेड गरिएको छ ।
आज (शुक्रबार) बिहान कुवेतबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरा ठोक्किए पछि जहाज ग्राउन्डेड गरिएको हो ।
२७४ सिट क्षमताको मकालु जहाज चरा ठोक्किएसँगै ग्राउन्डेड गरिएको छ । कुवेतबाट फर्कने वाइडबडी जहाजमा चरा ठोक्किएको निगमले जनाएको छ । जहाज अवतरण लगत्तै धावनमार्गमा हेर्दा जहाजमा ठोक्किएर खसेको चरा भेटिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
चरा ठोकिए पनि जहाजको इन्जिनमा कुनै क्षति नभएको विमानस्थल कार्यालयले जनाएको छ । चरा ठोकिए संगै विदेशमा रहेका नेपालीहरुको उद्दारमा समस्या नहुने अनुमान गरिएको छ ।


