गोरखा समाचारदाता
दार्चुला – सशस्त्र प्रहरी बलको छाङ्रु स्थित बोर्डर आउट पोस्ट (बिओपी)ले छाङ्रु देखी तिङ्कर भन्ज्याङ जाने करिब ११ किलोमीटर गोरेटो बाटो मर्मत गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक लिलि बहादुर चन्दको टोलिले स्थानिय जनता संगको सहकार्यमा सुक्खा तथा हिउँ पहिरो हटाएर गोरेटो बाटो सुचारु गराएको हो ।
सुख्खा पहिरोका कारण लामो समय देखी सो गोरेटो बाटो बाट आवत जावत बन्द भएको थियो । शसत्रले बाटो सुचारु गराए पछि स्थानिय जनता खुशी भएका छ्न् ।
बाटो मर्मत पछि सदरमुकाम बसाइ सराइ गरि आएका तिंकरका बासिन्दा गाउं फर्कन , चौपाया तथा खाध्यान्न लैजान समेत सहज भएको छ ।
यस्तै १७.४५ किलोवाटको छाङ्रु जलविद्युत आयोजनाको नहर समेत सशस्त्र प्रहरिले मर्मत गरेको छ । हिउँ पहिरोका कारण ठाउँ ठाउँमा भत्किएको सो नहरको हिउँ पन्छाएर जलविद्युत सेवा सुचारु गर्न सशस्त्र प्रहरिले सहयोग गरेको हो ।
दुबै कार्यमा स्थानीय जनताको समेत सहभागिता थियो ।बिओपी स्थापना भए देखी नै सशस्त्र प्रहरी बलको टोलि बिभिन्न सामाजिक कार्यमा सहभागी हुंदै आएको छ ।





















