गोरखा समाचारदाता
दार्चुला – सशस्त्र प्रहरी बलले दार्चुलमा एकै दिन ३ वटा बिओपी स्थापना गरेको छ ।
बिहिबार जिल्लाको मालिकाअर्जुन गाउंपालिका ४ जोलजिबी , लेकम गाउंपालिका ३ लाली र ब्यास गाउंपालिका २ दुम्लिङमा बिओपी स्थापना भएको हो ।
यस अघि दार्चुलाको छाङ्रुमा बिओपी स्थापना भइसकेको छ । यो संगै दार्चुलामा बिओपी संख्या ४ पुगेको छ । बिहिबार सशस्त्र प्रहरी बल नम्बर ७ बैध्यनाथ बाहिनिका बाहिनिपती सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले बिओपी उद्घाटन गरेका हुन्




















