गोरखा समाचारदाता
पोखरा – गण्डकी प्रदेशमा शुक्रबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
भरतपुर अस्पताल र प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना पुष्टी भएको हो । यो सहित अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ६ः३० बजे विज्ञप्ती जारी गर्दै नवलपुर, तनहुँ, पर्बत र बागलुङ जिल्लामा थप ३२ जनामा कोरोना देखिएको जानकारी गराएको छ ।
भरतपुर अस्पतालमा गरिएको पिसिआर परिक्षणमा नवलपुरको कावासोतीमा १४ जनामा र मध्यबिन्दु नगरपालिकामा ५ जना गरि १९ जनामा कोरोना पुष्टी भएको छ । नवलपुरमा १५ पुरुष र ४ महिलामा कोरोना देखिएको हो ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा तनहुँका ९ जना, पर्बतका ३ जना र बागलुङको १ जनामा कोरोना पुष्टी भएको हो । तनहुँको भिमादमा २ जनामा र ऋषिङमा ७ जनामा गरि ९ जना, पर्बतको बिहादी, फलेबास र पैयुँमा १÷१ नजा र बागलुङको जैमिनीमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमित सबैलाई आइसोलेशनमा लाने तयारी भई रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।





















