गोरखा समाचारदाता
तनहुँ – जिल्लाको भानु नगरपालिकामा रहेको चुदी खोलाको रहमा डुब्दा २२ बर्षिया युवतीले ज्यान गएको छ ।
भानु नगरपालिका १ चुँदीखोलाको काली रहमा डुबेर बुधबार एक युवतीको ज्यान गएको हो।
ज्यान जाने युवती स्थानीय तिलकुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँ दमौलीले जनाएको छ।
गर्मी भए पछि खोलामा पौडी गएकी गुरुङ रहमा डुबेको देखे पछि स्थानीयवासीले उद्धार गरी अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
उनको मृक्त शरिर पोष्टमार्टमका लागि दमौली ल्याईदै छ ।




















