गोरखा समाचारदाता
गोरखा – नोबल कोराना भाइरस (कोभिड–१९)बाट आज ४८२ जना संक्रमित भएको पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा बुधबार थप ४८२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सहित अब नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ८६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोनाको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै बुधबार ४८२ जनाम कोरोना संक्रमण भएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा कोरोना संक्रमणका कारण नेपालमा थप १ जनाको ज्यान गएको समेत जानकारी गराईएको थियो । कोरोनाकै कारण यो सहित ३० जनाले ज्यान गुमाई सकेका छन् ।




















