गोरखा समाचारदाता
गोरखा – गोरखा सहित गण्डकी प्रदेशमा बुधबार थप २८ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा गोरखा, नवलपुर, स्याङजा, बागलुङ, कास्की र तनहुँमा गरी २८ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ ।
गण्डकी प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप २८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमित देखिएका मध्ये गोरखाका ३ जना, नवलपुरका १२ जना, स्याङ्जाका ८ जना, बागलुङका ३ जना, कास्की र तनहुँका १÷१ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


