गोरखा – गोरखाको लक्ष्मी बजार सिल गरिएको छ ।
नोबल कोरोना भाइरस (कोभिड–१९)बाट मंगलबार बारपाक सुलिकोट गाउँपालिकाका एक जना स्वास्थ्यकर्मी संक्रमित भए पछि संक्रमितको श्रीमती बस्दै आएको लक्ष्मी बजार सिल गरिएको हो ।
गोरखा नगरपालिकालले आज एक सूचना जारी गर्दै ९ नम्बर वडा कार्यालय र स्वास्थ्य संस्था बन्द केही केही दिनका लागि बन्द गरिएको र वरपर रहेको ब्यापार ब्यवसाय गर्नेहरुलाई पनि बन्द गरेर सहयोग गर्न अपिल गरिएको छ । संक्रमितका श्रीमती गोरखा नगरपालिका ९ नम्बर वडाको स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारी हुन् ।
शहरी स्वास्थ्य केन्द्रमा कार्यरत उनकी श्रीमतीको कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भएको र रिपोर्ट नआएसम्म स्वास्थ्य संस्था र वडा कार्यालयको सेवा बन्द गर्ने निर्णय गरिएको प्रकाशित सूचनामा भनिएको छ ।



