गोरखा समाचारदाता
गोरखा – जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा कार्यरत स्वास्थ्य शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टीपछि गाउँपालिकाको सवै कार्यालय ५ दिनसम्मका लागि बन्द गरिएको छ ।
गाउँपालिका आकस्मिक बैठकले पालिका भित्रका सवै कार्यालयहरु बन्द गरेर ५ दिनको लागि सेवा बन्द गर्ने निर्णय गरेको हो ।
पालिकामा काम गर्ने स्वास्थ्य शाखाको १ जना कर्मचारीलाई संक्रमण पुष्टी भए पछि सेवाग्राही तथा कर्मचारीरुमा पनि संक्रमण हुन सक्ने भन्दै असार २१ गतेसम्मका लागि पालिका भित्रका सवै कार्यालय बन्द गर्ने निर्णय गरिएकोे गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
संक्रमितको सम्र्पकमा पुगेका सवैको कन्ट्रयाक्ट ट्रेसिङ र पिसिआर परीक्षण लगायतका कामहरु आजै देखी थालिएको छ ।
गाउँपालिकाको वडा नम्बर ६ स्थित सूर्य ज्वोती माविको क्वारिन्टीनमा कोरोना संक्रमण भेटिएका व्यक्तिहरुको सम्र्पकमा पुगेका स्वास्थ्य शाखाका कर्मचारीमा संक्रमण पुष्टी भएको अध्यक्ष बिण्णु भट्टले जानकारी दिए । ‘थपसंक्रमण फैलन सक्ने भएकोले तत्कालका लागि गाउँपालिका अन्र्तगतका सवै कार्यालयहरु बन्द गरेर कन्ट्रयाक्ट ट्रेसिङको काम सुरु गरिएको’ उनले बताए ।
संंक्रमित ब्यक्तिको सम्र्पकमा आएकाहरुको स्वाब संकलनका लागि जिल्ला सदरमुकामबाट स्वास्थ्यकर्मीहरुको टोली पुगि सेकको छ ।


