गोरखा समाचारदाता
गोरखा – गोरखामा आमाबावु संगै आइसोलेशनमा बसेका ८ बर्षिय बालकमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको भीमसेन थापा गाउँपालिकाका ति बालकका आमाबावुलाई कोरोना संक्रमण पुष्टी भए संगै छोरा पनि आइसोलेशनमा संगै छन् । घरमा हेर्ने कोही पनि नभएका कारण उत्त बालकलाई आमाबावुले संगै आइसोलेशनमा राखेका थिए ।
यो संगै गोरखामा कोरोना संक्रमितको संख्या ८३ पुगेको छ । बालकलाई असार १६ गते मंगलबार नै कोरोना संक्रमण पुष्टी भएको हो ।
भारतको रोजगारीबाट फर्किएका ति परिवारको गाउँमा अन्य कोही पनि नभएको भन्दै बालकलाई आइसोलेशनमा संगै राख्दै आएका थिए ।




















