गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा आज थप ४७६ जनामा संक्रमण भएको पुष्टी भएको छ ।
देशेको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४७६ जनामा आज संक्रमण देखिएको पुष्टी भएको हो । यो संगै अब नेपालमा कोराना संक्रमितको संख्या १३ हजार २४८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमीत पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमका अनुसारसोमबार ४७६ जना कोरोना संक्रमित ब्यक्ति थपिएको बताए ।
थपिएको संक्रमित मध्ये ११३ जना महिला र ३६६ जना पुरुष रहेका छन् ।
आजसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६३० जनाको कोरोना परीक्षण भएको छ ।


